दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्दा एक जना घाइते
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा आईतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एक जना घाइते भएका छन् ।
इच्छा कामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।
घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्याङ्कर खाली रहेको प्रहरीले जनाएको छ ।