Logo
१ श्रावण २०८१, मंगलबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँको पानी पिउने इच्छा जाहेर गरेपछि डा देवकोटालाई जन्मघर गोरखा लगियो

काठमाडौं, २६ जेठ : न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिएको छ। डा देवकोटाकै चाहना अनुसार हेलिकप्टरमार्फत उनलाई गोरखा लगिएको अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए।

डा उपेन्द्र देवकोटाले गाउँकै सिस्नेधाराको पानी पिउने इच्छा जाहेर गरेपछि उनलाई गोरखा लगिएको हो। उनलाई जन्मस्थान गोरखा पालुङटार नगरपालिकाको बोहरागाउँमा पुर्‍याइनेछ ।

बोहरा गाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डित गाउँमा डा देवकोटाको पुख्र्यौली घर छ। गाउँको पुरानो सिस्नेधाराको पानी पिएर जन्मघरको पिँढीमा सुस्ताउने इच्छा परिवारलाई जाहेर गरेपछि डा देवकोटालाई गोरखा लगिएको छ।

अस्पताल स्रोतकाअनुसार डा देवकोटालाई केहीबेर आँपपिपलस्थित पुख्र्यौली घरमा राखिने र आजै अस्पताल फर्काइने छ।

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्