Logo
२४ बैशाख २०८१, सोमबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ ।

आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो । श्रीङ्खलावद्ध तरिकाले प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै छानविन गर्दै आइरहेको छ । यसअघि पाँच जनालाई दोषी ठहर गरी कारबाही पनि भइसकेको छ ।

बिहीबार पक्राउ परेका व्यक्तिहरूको बारेमा आउँदो जुलाई १३ तारिखका दिन अदालतले फैसला गर्ने बताइएको छ ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्