Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँग आधिकारिक धारणा माग : ‘अन्यथा हामि कडा बिद्रोहमा उत्रिनेछौं’

काठमाडौं : राजपा नेपालले संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गरेको छ ।प्रधानमन्त्री केपि शर्मा ओलीसंग टेलिफोन संवाद गरि सरकारको आधिकारिक धारणा मागेको हो ।

राजपा संयोजक महन्थ ठाकुरले सबै सदस्यहरुलाई एक साथ राखी स्पीकर मूडमा प्रधानमन्त्री ओलीसंग संवाद गरिएको बताइएको छ । जवाफमा ओलीले अन्य धेरै विषयमा छलफल गर्नुपर्छ भन्दै एक पटक बसेरै सल्लाह गर्नुपर्ने धारणा ब्यक्त गरेको बताइएको छ ।

यद्यपी, प्रधानमन्त्री कार्यालयले यसको पुष्टि भने गरेको छैन । अनौपचारिक कुराकानी होला यस्को यस्को औपचारिक पुस्टि गर्न सकिन्न प्रधानमन्त्रीका एक सल्लाहकारले बताए ।

पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाव दिएको छ । ‘अब आश्वासन होइन गरेर देखाउनुस् अन्यथा हामि कडा बिद्रोहमा उत्रिनेछौंसम्मका भाषा प्रयोग गर्दै राजपाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भनेको’ राजपा श्रोतको दावी छ ।

यता, पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वा्चित सांसद चौधरीलाई रिहा गर्न माग गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले दिएको जानकारी अनुसार आजको बैठकले सांसद चौधरीलाई रिहा गरी सपथको व्यवस्था गर्नुपर्ने माँग गरेको छ ।

टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल गरिएको नेता यादवले बताए ।

बैठकमा पार्टी संसदीय दल विधान निर्माणका विषय पनि प्रवेश गराइएको छ । संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले बताए ।

बैठक निरन्तर जारी रहने र आसन्न पार्टीको महाधिवेशनको तयारीका लागि आवश्यक निर्णय लिने पनि राजपाले जनाएको छ ।

मंगलबार बसेको अध्यक्ष मण्डल बैठकले कल्पना पाण्डेलाई प्रदेश ५ प्रदेशसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्