Logo
३१ बैशाख २०८१, सोमबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दर्ता

काठमाडौँ, २३ जेठ : एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता भएको छ ।

निर्वाचन आयोगको बुधबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता गर्ने निर्णय गरेको हो ।

दुई पार्टीबीच एकीकरणका बेला नेपाल कम्युनिष्ट पार्टी मात्र नाम राख्ने तयारी गरेपनि ऋषी कट्टेलको नाममा उक्त पार्टी दर्ता भएकोले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीमा अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिइएको थियो ।

तर, त्यसको पनि विवाद आउने देखेपछि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दर्ता गर्न अर्को निवेदन दिइएको थियो ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्