Logo
३१ असार २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालपोत कार्यालयका दुई कर्मचारी धिताल र निरौला घुससहित रंगे हात पक्राउ

भरतपुर, १७ जेठ : घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका दुईा कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात पक्राउ गरेको हो।

रत्ननगर ९ घर भएका धिताललाई अख्तियारको टोलीले २५ हजार नगदसहित पक्राउ गरेको हो। थोरै क्षेत्रफल भएको जग्गालाई नक्सामा धेरै बनाइदिने भन्दै उनले पैसा लिएका थिए।

धितालले भरतपुर महानगर ९ स्थित थोरै जग्गालाई नक्सामा धेरै देखिने गरीपुर्जा बनाइदिने भन्दै पैसा लिएपछि रंगे हात पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडाका प्रहरी निरीक्षक महादेव पौडेलले भने, ‘नक्सामा जग्गा धेरै बनाउछु भन्दै पैसा लिदै गर्दा धिताललाई रंगेहात समातेका हौं, अब अनुसन्धान गर्छौँ।’

त्यस्तै धितालसँग मिलेको आरोपमा मालपोत कार्यालयका नायब सुब्बा मनोज निरौलालाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानपछि मचुल्का उठाएर उनीहरुलाई हेटौंडा लगिएको छ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्