Logo
२३ बैशाख २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष तामाङ र प्रमुुख कार्यकारी गुुरुङकै कारण सिभिल बैंक डुुब्ने खतरा

काठमाडौं, १७ जेठ : सिभिल बैंक सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा कमजोर देखिएको छ ।बैंक सञ्चालक समितीका अध्यक्ष इच्छाराज तामाङ र प्रमुुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको कार्यगत असक्षमताका कारण बैंक कमजोर बनेको हो ।

सञ्चालनमा रहेका अन्य बैंकहरुले राष्ट्र बैंकले तोकेको न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी पुरयाईसक्दा सिभिल अझै पनि छ अर्ब ९३ करोड ४८ लाख ५० हजार रुपैयाँ चुक्ता पुंजी लिएर बसेको छ । अहिलेसम्म बैंकले पुंजी बृद्धिको लागि ठोस कदम चालेको छैन ।

चालुु आर्थिक बर्षको नौ महिनामा जम्मा ३५ करोड ५८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको सिभिलले सो अवधिमा आम्दानी भन्दा दोब्वर रकम खर्च गरेको छ । बैंकले सो अवधिमा कर्मचारीहरुको तलवमा मात्र ३४ करोड ४६ लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य शिर्षकमा २८ करोड ६३ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ ।

पछिल्लो समय बैंकको शाखा तथा कर्मचारीहरुको संख्या थप नभएपनि बैंकको खर्च भने गत आवको नौ महिनाको तुुलनामा दोव्वर बढेको छ । गत आवको नौ महिनामा बैंकले कर्मचारीको तलवमा २३ करोड २३ लाख ७० हजार रुपैयाँ खर्च गरेको थियो भने अन्य शिर्षकमा २१ करोड ४३ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।

अर्कोतर्फ बैंकको निक्षेप तथा कर्जा पनि निकै नै कमजोर देखिएको छ । बैंकले चालुु आवको नौ महिनामा जम्मा ३७ अर्ब एक करोड ८० लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरी ३५ करोड २० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो मध्ये पनि बैंकले घरजग्गा क्षेत्रमा एक अर्ब ७८ करोड ७३ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको सोही अवधिमा पनि बैंकले घरजग्गामा एक अर्ब ७८ करोड ४५ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा कर्जा बढ्दा बैंकमा संभावित जोखिम रकम बढेर गएको छ भने खराव कर्जा पनि बढेर गएको छ ।

चालु आवको पछिल्लो नौ महिनामा बैंकमा खराव कर्जाको अनुपात बढेर तीन दसमलव ७३ प्रतिसत पुुगेको छ भने संभावित जोखिम व्यवस्थापन रकम ४५ करोड २४ लाख ४१ हजार रुपैयाँ पुुगेको छ । बैंकका अध्यक्ष तामाङ स्वंम घरजग्गा व्यवसायी भएको र उनले आफन्तको नाउँमा ठुुलो परिमाणमा कर्जा लिएर कर्जा लिएर घरजग्गामा लगाएको त्यस्तो कर्जा नउठेकाकारण पनि बैंकमा जोखिम व्यवस्थापन रकम बढेको हो ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्