Logo
५ जेष्ठ २०८१, शनिबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दल दर्ताका लागि ‘नेकपा’ को आवश्यक कागजात आयोगमा

काठमाडौं १४ जेठ : नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात आज निर्वाचन आयोगमा बुझाएको छ । नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो ।

नेता नेम्वाङले रासससँग कुरा गर्दै दल दर्ता गर्न पार्टीका सदस्यको हस्ताक्षरसहित आवश्यक कागजात बुझाएर प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते पार्टी एकताको घोषणा गरी आयोगमा दल दर्ता गर्न निवेदन दिइएको थियो ।

निवेदनमा नेकपामा अधोरेखा(अन्डरलाइन) बुझाइएको थियो । सो नामबाट पहिला नै ऋषि कट्टेल अध्यक्ष रहेको दल दर्ता भएको हुँदा नयाँ दर्ता गर्नका लागि नेकपा गरिएको हो । आयोगले प्रक्रिया पूरा भएपछि दल दर्ता भएको सूचना प्रकाशन गर्नेछ ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्