Logo
२२ बैशाख २०८१, शनिबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागिताका लागि फोरमको पहल : ओली र दाहालसंग उपेन्द्रको छलफल

काठमाडौं, १३ जेठ : सरकारमा सहभागिताका लागि संघीय समाजवादी फोरम नेपालले फेरि पहल थालेको छन् । त्यसका लागि उस्ले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पनि फिर्ता लिएको छ । तर उता फोरमकै नेतृत्वमा रहेको प्रदेश २ को सरकारलाई नेकपाले दिएको सर्मथन भने फिर्ता लिएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज विहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । विहानको छलफलमा ओली र प्रचण्डले संविधान संशोधनप्रति सहमति जनाएका थिए ।

सरकारको तर्फबाट संविधान संशोधनप्रति प्रतिबद्धता आएपछि उपेन्द्रले पनि आफू सरकारमा सहभागी हुने जनाउ दिएका थिए । स्रोतका अनुसार यादव अब ढिलोमा एक हप्ताभित्रै सरकारमा सहभागी हुने संभावना छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारमा फोरम नेपाललाई सहभागी गराउनेगरि यस अघिदेखि नै आन्तरिक गृहकार्य थालेका थिए ।

फोरमले सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा हालेको संशोधन प्रस्ताव समेत आज फिर्ता लिएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएका थिए । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्