Logo
१६ बैशाख २०८१, आईतबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरबमा घरेलु कामदार पठाउने तयारी, एक लाख कामदार माग

काठमाडौं, १३ जेठ : साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ । रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको बताए ।

अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । उनले केही समयभित्रै सरकारले यस विषयमामा निर्णय लिने जानकारी दिए । साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताए । नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए । कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिए ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्