Logo
५ जेष्ठ २०८१, शनिबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको सय दिन सफल, अबकोयात्रा आर्थिक विकास र समृद्धिका लागि

काठमाण्डौ, १२ जेठ : संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकारको सय दिन सफल भएको दाबी गरेका छन् । धेरै कामहरु अगाडि बढेको दाबी गर्दै उनले सरकारले सकारात्मक दिशा समातेको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रमसँग कुरा गर्दै अधिकारीले सय दिनमा सरकारले गर्ने कामको राम्रा संकेत देखिएको बताए । “सय दिने उडानले पाँच वर्षको उडानको संकेत देखिएको छ ।” अधिकारीले भने ।

सरकारको यात्रा आर्थिक विकास र समृद्धिका लागि भएकाले सोहीअनुसार अघि बढेको दाबी गर्दै नेपाली कांग्रेसले लगाएको विकृतिको आरोपको खण्डन गरे ।

“म नेपाली कांग्रेसका साथीहरुलाई के आग्रह गर्छु भने कांग्रेस नेतृत्वको सरकारका सय दिन र अहिलेको सरकारको सय दिनबीचमा तुलना गर्नुस् । कति फरक देखिन्छ हेर्नुस् ।” अधिकारीले भने ।

मन्त्री अधिकारीले नेपालमा पर्यटक आगामन बढाउने गरी आफूले काम गरिरहेको दाबी गरे । विशेषगरी विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्