Logo
५ श्रावण २०८१, शनिबार
(May 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री ओलीले आइतवार जवाफ दिने

काठमाडौं : सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बोल्नेक्रम सकिएको छ । सङ्घीय संसदमा बुधवारदेखि शुक्रवारसम्मको छलफलमा सांसदहरुले आफ्नो धारणा राखिसकेपछि आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । छलफलका क्रममा अधिकांश सांसदले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जोड दिएका थिए । कतिपय नीति अस्पष्ट भएको भन्दै सांसदहरुले यसको कार्यान्वयनमा आशंका व्यक्त गरेका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक आइतवार बिहान बजे ११ बजे बस्नेछ । रासस

प्रकाशित मिति: May 26, 2018

प्रतिक्रिया दिनुहोस्