छत्रकोट गाउँपालिका गुल्मीमा एक युवकको शव फेला
गुल्मी : छत्रकोट गाउँपालिका- ३ हर्दिनेटा घर भएका ३५ वर्षे प्रकाश खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराग द्धिबेदीले जानकारी दिए ।
बिहीबार घरबाट आफूखुसी हिँडेका खत्रीको शुक्रबार घरभन्दा पाँच सय मिटर टाढा जंगलमा शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । मृत खत्रीको शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास लिइने प्रहरीको भनाइ छ ।