Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिसुरक्षाको व्यवस्थापन चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

धनगढी, जेष्ठ ९ : गृहमन्त्री रामबहादुर थापाले शान्तिसुरक्षाको व्यवस्था चुस्त एवं दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

बुधबार यहाँ आयोजित प्रदेश नं ७ स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, ‘विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेकाले शान्ति स्थापना र अमनचयन कायम गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। ‘

तस्कर, गुण्डा, डन र भ्रष्टाचारीको सूची तयार पारी कारवाही गर्नसमेत गृहमन्त्रीले निर्देशन दिए। सुरक्षा गोष्ठीमा प्रदेश नं ७ का प्रजिअले आ–आफ्नो जिल्लाको सुरक्षा व्यवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। रासस

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्