Logo
२५ असार २०८२, बुधबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक

काठमाण्डौँ : चलचित्र अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत जयन जी वैब तथा स्वरजयन जी वैब, रोशन थापा, सुरज शाही ठकुरीको रहेको छ भने गीतलाई किरन तुलाधरले एरेन्ज गरेका हुन् ।

प्रवेश पौडेल निर्दे्शित यस फिल्माम अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ।‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ ।

समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी पनि सहनिर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । जेठ १८ देखि प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्