Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन काण्डमा कुनै रहस्य छ भनेपनि सबै पर्दाफास हुन्छ : लालबाबु पण्डित

काठमाण्डौ, जेठ ९ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् । सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री पण्डितले सुन तस्करमा संलग्न कसैलाई पनि छोड्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । “कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने स्थिती हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।”

छानबिन समितिको प्रतिवेदनले जोकोहीको संलग्नता पुष्टी गरे पनि सरकारले कानुनअनुसार कारबाही गर्ने पण्डितले बताए । “सुन तस्करमा संलग्नको पर्दाफास गर्न लागि नै सरकारले समिति बनाएको हो । समितिलाई पूर्ण सहयोग गरेर तस्करमा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ ।”

पण्डितले भने “जनताको तहमा जनप्रतिनिधीको तहमा, सरकारको तहमा, राजनीतिक पार्टीको तहमा र कर्मचारीको तहमा भएमा पनि यदी छन् भने कसैले पनि छुट पाउँदैनन् ।” सरकारले ल्याएको नीति तथा कार्यक्रम देश र जनताको हितमा रहेको दाबी गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ भन्नु धर्म मात्रै भएको उनले बताए ।

यद्यपी संसदमा हुने छलफलमा सकारात्मक सुझाब आएमा त्यसलाई बजेटमा समावेश गरिने मन्त्री पण्डितले बताए । सत्तापक्षले नीति तथा कार्यक्रममाथि कुनै पनि संशोधन दर्ता नगराउने पण्डितले स्पष्ट पारे । संविधान संशोधन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश नगरिएकोप्रति आलोचना भइरहँदा मन्त्री पण्डितले संविधान संशोधन गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न आवश्यन नरहेको बताए ।

“नीति र कार्यक्रममा नआइकन संविधान संशोधन हुँदैन भन्ने कसैको भनाई छ भने त्यो बुझाई नै गलत हो ।” उनले भने । संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय नै नभएको पण्डितको तर्क छ । अहिले तत्काल संविधान संशोधन गर्न आवश्यक नरहेको उनले बताए ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्