Logo
२ श्रावण २०८१, बुधबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको मध्यहर्षाहीमा आगलागी हुदा ४ लाख बराबरको क्षति

इनरुवा : सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा चार लाख बराबरको क्षति भएको छ ।

स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान, जलेर नष्ट हुँदा रु चारलाख मूल्य बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीलाई स्थानीयवासी, इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सुमन मेहताले जानकारी दिए ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्