Logo
६ श्रावण २०८२, सोमबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक निर्माण गुणस्तरीय बनाउन व्यवसायीलाई निर्देशन

रुपन्देही : बुटवल उपमहानगरपालिकाले सडकको स्तरोन्नतिका क्रममा भइरहेका ग्राभेल, कालोपत्रे र नाली निर्माणका कामलाई टिकाउ र गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य सहितको प्राविधिक टोलीले वडा नं ९, ११ र १३ का ग्राभेल र कालोपत्रे भइरहेका विभिन्न सडक अनुगमन गर्दै सोे निर्देशन दिएको हो ।

जाँच पास तथा फरफारक समितिका संयोजकसमेत रहनुभएकी उपप्रमुख आचार्यले स्थानीय उपभोक्तालाई पनि निरन्तर निगरानी गर्न आग्रह गर्दै पूर्वाधार निर्माणका काममा उपभोक्ताको निगरानी जरुरी रहेको र कुनै पनि संरचना टिकाउ र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो । स्थानीयवासी युवा हरि पंगेनीले निर्माणका काममा आफूहरुले पालो बाँडेर निगरानी गरेको जानकारी दिनुभयो ।

देवीपथको सडक ३२४ मिटर लामो सडकका लागि रु ७८ लाख ७२ हजार ६०० विनियोजन गरिएको थियो । उपभोक्ताको समेत लागत र सहभागितामा बुटवलमा अरु कैयौँ सडकको स्तरोन्नति भइरहेको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्