थप उपचारका लागि आपूर्तिमन्त्री यादव थाइल्याण्ड प्रस्थान
काठमाण्डौं : नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि आइतबार थाइल्याण्ड प्रस्थान गरेका छन् । टाउकाको पछाडी धेरै नै दुख्न थालेपछि मन्त्री यादवलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
टाउको र कम्मरमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका मन्त्री यादव थप उपचारका लागि थाइल्याण्ड गएका हुन् । दिउँसो १ बजे उपचारका लागि यादव थाइल्याण्डतर्फ लागेका हुन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका यादवलाई डाक्टरहरुको सल्लाहमा थप उपचारको लागि थाइल्याण्डको बुम्रुङमा लगिएको हो ।मन्त्री यादवको साथमा उपचारको लागि नेपालबाट उनकी पत्नि र थाइल्याण्डमा नेपाली दुतावासका कर्मचारीले सघाउने बताइएको छ ।