Logo
५ श्रावण २०८१, शनिबार
(May 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै

काठमाडौँ : नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले शुक्रबार यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र का केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन्। एमाले र माओदी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरे । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: May 18, 2018

प्रतिक्रिया दिनुहोस्