Logo
१० असार २०८२, मंगलबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको छ

रामपुर: अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिए ।

पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उनले बताए । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्