Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का सरकारले १ सय २१ किलोको मालाले गरे मोदीलाई स्वागत

जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश २ का सरकारले १ सय २१ किलोको मालाले स्वागत गरेको छ । त्यस्तै, जनकपुर उद्योग वाजिज्य संघले पनि १ सय २१ किलोको मालाले स्वागत गरेको छ । जनकपुर उपमहानगरपालिकाले मोदीको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा त्यो मालाबाट स्वागत गरेको हो ।

त्यस्तै, प्रदेश सरकारले जानकी मन्दीरको तस्विर प्रदान गरेको छ । यी स्वागत र सम्मान कार्यक्रममा मञ्चमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादव, काँग्रेसका नेता विमलेन्द्र निधि लगायतका उपस्थिति थियो ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्