Logo
३१ असार २०८२, मंगलबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रमको आयोजना

सुर्खेत : विद्यार्थीमा स्मरण शक्तिको विकास गराउने उद्देश्यले जुम्ला तिला गाउँपालिका–३ स्थित सरस्वती मावि कुडारीमा “स्मरण शक्तिको अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रम”को आयोजना गरिएको छ । तिला गाउँपालिका जुम्लाद्वारा आयोजित उक्त दुईदिने प्रशिक्षण कार्यक्रममा ‘तीक्ष्ण स्मरण शक्तिका राजा’ भनेर चिनिने ‘गिनिज बुक अफ वल्र्ड रेकर्डर्स’का युवा अर्पण शर्माले प्रशिक्षण दिएको सो गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुए ।

“युवा शर्माले तिला गाउँपालिकाका २७ विद्यालयमा अध्ययनरत तीन हजार विद्यार्थीलाई एकै थलोमा राखेर प्रशिक्षण दिँदा त्यहाँका ७० प्रतिशत विद्यार्थीमा सकारात्मक प्रभाव परेको उनले बताए ।प्रशिक्षणमा पढेका कुरालाई स्मरण शक्तिमा राख्न फोटो बनाउनुपर्ने, कण्ठभन्दा बुझेर पढ्न र सरल तरिकाबाट पढेको कुरा दिमागमा लिने कुरा अभ्यासमार्फत सिकाइएको छ । सो अवसरमा तिला गाउँपालिका–४ जुम्ला नुवाकोट गाउँका अभिभावक यज्ञप्रसाद उपाध्यायले शर्माको प्रशिक्षण बालबालिकाका लागि मात्र नभई शिक्षक र अभिभावकलाई पनि लाभदायक भएको बताए ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्