Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस फाइनलमा

काठमाडौँ, २४ वैशाख  : राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो खेल एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रामा पुनरागमन गर्दै न्यू डायमण्डले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई खेलमा एपिएफ २५–१० र २५–२३ ले जितेर लगातार चौथो पटक फाइनलमा पुग्न सफल भयो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३–० ले लगातार जिती पराजित ग¥यो । पश्चिमाञ्चलविरुद्ध सहज जीत हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो ।

मंगलबार हुने फाइनल भिडन्तमा उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् । (रासस)

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्