Logo
३१ बैशाख २०८१, सोमबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाट मोदीले भ्रमण गरेकोमा कसैलाई ईष्र्या लाग्नुको कुनै अर्थ छैन : राजपा

काठमाडौं, २४ बैशाख : राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सांसद मनिष सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सर्वोच्च नेता भएकोले उनको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल पार्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले थपे,‘यही बैशाख २८ गते उहाँले जनकपुरमा पहिलो पटक पाईला टेक्दैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो, तर कसैलाई निरर्थक ईस्र्या लाग्नुको कुनै तुक छैन, ईष्र्या लागे लागिरहोस्।’

नेपाल र भारतबीच ऐतिहाँसिक र अटुट सम्बन्ध रहेको बताउँदै मोदी दुई देशका जनता–जनताबीचको सम्बन्धलाई झनै मजबुद बनाउनको लागि जनकपुर भ्रमण भएको नेता सुमनले विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘प्रदेश नम्बर २ का सम्पूर्ण वासीहरु उहाँलाई भव्य स्वागत गर्नको लागि आँतुर छन्, अहिले जनकपुरका पर्खालहरु यहाँका सामाजिक–साँस्कृतिक परम्परा झल्किनेगरि रँगिएका छन्, शहर सफा भएको छ।’

मोदीको सम्मानमा आयोजना गरिने नागरिक अभिनन्दनमा लाखौं लाख जनता सम्मान गरिने स्थल रंगभुमी मैदान ९१२ विघा० मा उत्रिने पनि उनको ठोकुवा थियो । उनले भने,‘२ नम्बर प्रदेशका सबै जिल्लावासीहरु उहाँलाई अभिनन्दन गर्न आँतुर हुनुहुन्छ, एक हिसाबले भन्ने हो भने यो हाम्रो लागि बहुप्रतिक्षित भ्रमण हो।’ मोदीले यसअघि दुई पटक नेपाल भ्रमण गर्दा जनकपुर जान चाहेको बताएपनि जान नसकेकोले यसपटक उनको महान उद्देश्य पूरा गर्नेगरि जनकपुर आउन लागेको नेता सुमनले स्पष्ट पारे ।

भारत विश्वकै प्रगतिशील देश भएको बताउँदै उनले भने,‘भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ, भारतलाई गाली गरेर बढि राष्ट्रवादी भईदैन्, सियोदेखि मच्छड मार्ने धुपसम्म भारतकै प्रयोग हुन्छ, सिमा नाकामा मधेशी जनताले धर्ना दिँदा मित्रराष्ट्र भारतको बद्नाम गर्न खोजियो ।’ २६ लाख नेपाली चेली भारतीय आमा, भाउजु र बुहारी भएको बताउँदै उनले थपे,‘त्यतिमात्रै होईन २२ लाख भारतीय चेलीहरुपनि नेपालका आमा, भाउजु र बुहारी हुन्, हामीबीच घनिष्ठ सम्बन्ध छ।’

उनले नेपाल–भारतबीचको सिमा विवादवारे भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा छलफल गर्न कुनै आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘यस विषयमा सम्बन्धित निकायहरुवीच छलफल भैरहेको कुरा हो, अब मोदीसँग कुरा गर्न जरुरी छैन।’ यद्धपी उनले भ्रमणको बेला मोदीसँग व्यापार घाटा कम गर्न र रोजगारी वृद्धि, लगानीको विषयमा छलफल गर्न सरकारलाई सुझाए ।

त्यस्तै उनले भुटानी शरणार्थीको विषयमा मोदीसँग कुरा गर्नु कुटनीतिक मर्यादा विपरितको कुरा हुने पनि जिकिर गरे । उनले भने,‘यो समस्या नेपाल र भुटानबीचको विषय हो, यसमा भारतीय प्रधानमन्त्रीलाई मुछ्न आवश्यक छैन्।’ भुटानी शरणार्थीहरु आफ्नो देश भुटान फर्किन भन्दापनि अमेरिका जाँन आँतुर रहेको उनले आरोप लगाए । ‘शरणार्थी नेता टेकनाथ रिजाल एक्लै उफ्रिएर केही हुँदैन्’ उनले थपे ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्