Logo
३१ असार २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी क्षेत्रमा गृह मन्त्रीमाथि गोली प्रहार, अवस्था खतरामुक्त

पाकिस्तानका गृह मन्त्रीमाथि गोली प्रहार भएको छ । देशको उत्तर पूर्वी शहर नरोवालको भ्रमणमा रहेका बेला मन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको हो । नरोवाला मन्त्री इकबालको चुनावी क्षेत्र पनि हो । पञ्जाव प्रान्तको नरोवालमा पार्टीको बैठकका लागि गएका बेला मन्त्री इकबालमाथि ज्यान लिने प्रयासहित गोली प्रहार भएको सरकारी अधिकारीले बताएका छन् ।

उनको हातमा एउटा गोली लागेको छ । आउँदो जुलाई १५ मा पाकिस्तानमा आम चुनाव हुँदैछ र मन्त्री इकबाल आफ्नो चुनावी क्षेत्रमा आइतबार ¥यालीका लागि पुगेको थिए र सकेपछि बैठकको तयारीमा रहेका थिए । मन्त्री इकबालमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तर अहिलेसम्म गोली प्रहार गर्नुको कारण खुलेको छैन । मन्त्री इकबाल पाकिस्तानको सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिग, नवाजका शीर्ष नेता मध्ये एक हुन् । गोली लाग्ने बित्तिकै मन्त्री इकबाललाई अस्पताल लगिएको र उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । मन्त्री इकबालमाथिको आक्रमणको सबै पक्षबाट आलोचना भएको छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्