Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाहुबली २’ ले चीनमा तोड्यो आमिर र  सलमानको रेकर्ड

एजेन्सी:  द कन्क्लूजन’ ले अहिले चीनको पर्दामा सानदार कलेक्सन गरिरहेको छ । यसको कमाईले पहिलो दिनमा नै आकाश छोएको छ । यस फिल्मको पहिलो दिनको कलेक्सन १९ करोड रहेको छ । यो सँगै ‘बाहुबली २’ ले सलमान, आमिर खानको फिल्मलाई समेत पछाडि छाडिदिएको छ ।

आमिरको ‘दंगल’ ले चीनमा पहिलो दिन १४ करोड र सलमानको ‘बजरंगी भाईजानु’ ले १२ करोड कलेक्सन गरेको थियो । तर, ‘बाहुबली’ ले इरफान खानको ‘हिन्दी मीडियमु’ को रेकर्ड भने तोड्न सकेन, यस फिल्मले पहिलो दिन नै २४ करोड कमाएको थियो ।

‘बाहुबली २’ को दुई दिनको कलेक्सन ट्रेड एनालिस्ट रमेश बालाले ट्वीटमार्फत् जानकारी दिएका छन् । फिल्मले २ दिनमा ३७ करोडको कमाई गरेको छ । ४ मेबाट यो फिल्म चीनमा प्रदर्शन भएको हो ।

फिल्मले रिलिज पहिला नै आमिरको ‘दंगल’ को रेकर्ड ब्रेक गरेको छ । यसले चीनमा ७ हजार ‘स्कृन’ पाएको छ । ‘दंगल’ लाई चीनमा करीब ७ हजार स्कृन मिलेको थियो । तर, प्रभासको फिल्म सलमान खानको ‘बजरंगी भाईजान’ को रेकर्ड तोड्न भने सकेन । फिल्म ‘बजरंगी भाईजान’ लाई चीनमा ८ हजार ‘स्कृन’ मिलेको थियो ।

आमिरको ‘सीक्रेट सुपरस्टार’ चीनमा ६ हजारभन्दा बढी स्कृनमा रिलिज भएको थियो । अर्कोतर्फ, ‘बाहुबली २’ ले चीनमा प्रीसेल्स र एडभान्स बुकिङमा १ करोड ६६ लाखको कमाई गरेको छ । यसकारण एडभान्स बुकिङको मामलामा यो फिल्म सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्