Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पन्जाबले राजस्थानलाई ६ विकेटले हरायो

काठमाडौं: आइतबार रातिको यो जितसँगै पन्जाब १२ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । नवौ खेलमा छैठौं हार व्यवहोरेको राजस्थान भने सबैभन्दा पुछारमा संघर्षरत छ ।

१५३ रनको टार्गेट पन्जाबले केएल राहुलको ८४ रनको मद्दतमा १८ ओभर ४ बलमा हासिल गर्यो । यसअघि होल्कर स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले सबैभन्दा धेरै ५१ रन बनाएका थिए ।

पन्जाबको शुरुआत खराब थियो । ओपनर क्रिस गेल चल्न सकेनन् । उनी ८ रन बनाएर आउट भए । २३ रनको स्कोर हुँदा उनी जोफ्रा आर्चरको शिकार भए । त्यसपछि स्कोर २९ पुग्दा मयंक अग्रवाल पनि केबल २ रन बनाएर आउट भए । उनलाई बेन स्टोक्सले पेभिलियन फर्काए ।

अग्रवालपछि करुण नायरले केएल राहुलसँग मिलेर ५० रनको साझेदारी गरे । नायर ३१ रनमा अनुरीता सिंहको बल बोल्ड आउट भए । अक्षर पटेलले केबल ४ रन बनाए । मार्कस स्टोइनिस भने २३ रन बनाएर राहुलसँग नटआउट रहे ।
राजस्थानको शुरुआत पनि राम्रो रहेन । ओपनर डी आर्सी शट २ र अजिक्य रहाणे ५ रन बनाएर आउट भए । यी दुईपछि सन्जु स्यामसन २८, बेन स्टोक्स १२ र कृष्णप्पा गौतम ५ रन बनाएर पेभिलिए फर्किए ।

पन्जाबको तर्फबाट मुजिब उर रहमानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । उनी प्लेयर अफ दि म्याच भए । पन्जाबले युवराज सिंहको स्थानमा मनोज तिवारीलाई र राजस्थानले धवल कुलकर्णीको स्थानमा अनुरीत सिंहलाई खेलाएको थियो ।

आइतबार दिउँसो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध मुम्बई इण्डियन्स १३ रनले विजयी भएको थियो ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्