Logo
३० जेष्ठ २०८२, बिहीबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिधुत चोरी गर्ने दशजना पक्राउ

राजविराज: सप्तरी जिल्लामा व्यापक बिधुत चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताए । पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान बिधुत मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेकामाथि बिधुत ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएको नेपाल बिधुत प्राधिकरणले जनाएको छ । केही दिनयता बिधुत चोरी हुन थालेपछि नेपाल बिधुत प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्