Logo
११ कार्तिक २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकलमा सवार लुटेराले विदेशबाट पठाएको पैसा लुटे

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् ।

विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको रु ६० हजार ८३ रकमसहितको झोला लुटेर लगेका छन् । लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्