Logo
११ कार्तिक २०८१, आईतबार
(May 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रजनीकान्तको पारिश्रमिक नेपाली १०४ करोड

एजेन्सी मुम्बई: साउथका सुपरस्टार रजनीकान्तले बलिउडदेखि टलिउडसम्म आफ्नो खास पहिचान बनाइसकेका छन् । यस वर्ष उनी दुई फिल्ममा देखिँदैछन् । उनका फ्यानका लागि फिल्म (‘काला’ र ‘२.०) को व्यग्र प्रतिक्षा छ ।

यी दुबै फिल्म लामो समयदेखि अड्किएर बसेका छन् । खबरअनुसार, यी दुई फिल्म रिलिजसँगै रजनीकान्त एक अर्को फिल्म साइन गर्दैछन् । डायरेक्टर कार्तिक सुभराजको नयाँ फिल्ममा उनको लिड रोल रहने पक्का भएको छ ।

कार्तिकको नयाँ फिल्ममा रजनीकान्तका अलावा विजय सतपथी पनि देखिँदैछन् । यसमा उनले खलनायकको भूमिका निर्वाहा गर्दैछन् ।

रजनीकान्तले आफ्नो यस फिल्मका लागि ४० दिन सुटिङ गर्नेछन् । ४० दिन सुटिङ गरेको उनलाई भारु ६५ करोड (नेपाली १०४ करोड) दिँदैछन् ।

प्रकाशित मिति: May 3, 2018

प्रतिक्रिया दिनुहोस्