Logo
११ कार्तिक २०८१, आईतबार
(May 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारी वर्षाको कारण जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध

गौशाला:  भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ ।

जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो ।

बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ । अब बाटोको पानी र हिलो सुखेपछि मात्रै बाटो सुचारु हुने छ ।

प्रकाशित मिति: May 3, 2018

प्रतिक्रिया दिनुहोस्