Logo
११ कार्तिक २०८१, आईतबार
(May 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हरायो

काठमाडौं: इन्डियन प्रिमियर लिग ९आईपीएल०मा ऋषभ पन्त र कप्तान श्रेयष ऐयरको अर्धशतकको मद्दतमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।

टस हारेर व्याटिङ गरेको दिल्लीले ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । भारी वर्षा भएपछि खेललाई १८ ओभरमा छोट्याइएको थियो ।
डकवर्थ लुइस नियमको आधारमा राजस्थानलाई १२ ओभरमा १५१ रनको लक्ष्य दिइयो । जवाफी व्याटिङमा उत्रिएको राजस्थान पाँच विकेटको क्षतिमा १४६ रनमा समेटियो ।

दिल्लीका ऋषभ पन्तले ७ चौका र पाँच छक्काको मद्दतमा ६९ रनको योगदान गरे । उनी प्लेयर अफ दी म्याच भए ।

यसैगरी कप्तान श्रेयस ऐयरले ५० रन बनाए । पृथ्वी शाले ४७ र विजय शंकरले १७ रन योगदान गरे ।

बलिङतर्फ जयदेव उनादकदले सर्वाधिक तीन विकेट लिए ।

राजस्थान रोयल्स जस बटलरले ६७ रन बनाएका थिए । २६ बल सामना गरेका उनले चार चौका र सात छक्का प्रहार गरेका थिए ।
बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।

प्रकाशित मिति: May 3, 2018

प्रतिक्रिया दिनुहोस्