Logo
६ जेष्ठ २०८१, आईतबार
(May 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रकले बसलाई ठक्कर दिँदा विद्यार्थी बोकेको बस दुर्घटना

सिमरा: बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् ।

झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए ।

नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् । चालिस घाइतेमध्ये एक जनाको काठमाडौँ, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 2, 2018

प्रतिक्रिया दिनुहोस्