Logo
११ कार्तिक २०८१, आईतबार
(May 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै श्रीमान्को कुटाइबाट एक महिलाको मृत्यु

लहान: आफ्नै श्रीमान्को कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् ।

मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिए ।

यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले बताए । प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

मृतकको नाकबाट हल्का रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गरेको आरोपमा मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 2, 2018

प्रतिक्रिया दिनुहोस्