Logo
११ कार्तिक २०८१, आईतबार
(May 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने तयारी

सोल: उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेको जानकारी एकजना उत्तर कोरियाली अधिकारीले दिएका छन् ।

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको समाचार आएको छ । यस समाचारपछि उत्तर कोरियालाई पनि आणविक कार्यक्रम रोक्ने दवाव परेको हुनुपर्ने दक्षिण कोरियाली एक अधिकारीले बताए ।

ती अधिकारीले भने– दुई कोरियाबीचको उक्त शान्ति सम्झौताको कार्यान्वयनको काम दक्षिण कोरियाले सुरु गरिसकेकोले अब छिट्टै उत्तरले पनि सो कार्य गर्नुपर्दछ ।

गत शुक्रबार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ताका क्रममा पनि उत्तर कोरियाली नेता उनले आणविक कार्यक्रम रोक्ने जानकारी दिएका थिए ।

उत्तर कोरियाली नेता उनले मे महिनामा आणविक कार्यक्रम रोकिने र यस कार्यक्रमको पर्यवेक्षणका लागि अमेरिकी विज्ञलाई समेत आमन्त्रण गरिने बताएका थिए ।

उत्तर कोरियाली एक अधिकारीले भने– आणविक कार्यक्रम रोक्ने बारेमा तयारी भइरहेको छ र केही दिनमा यस विषयमा सार्वजनिक रुपमा नै जानकारी गराइने छ ।

प्रकाशित मिति: May 2, 2018

प्रतिक्रिया दिनुहोस्