Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता बिरोधी गतिविधिमा नलाग्न फोरम अध्यक्ष यादबको सरकारलाई आग्रह

जनकपुरधाम : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार संघीयता बिरोधी गतिविधिमा लागेको  आरोप लगाएका छन् । संघीय सरकारको व्यवहारप्रति उनले असन्तुष्टि जनाएका छन् । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार विपरीत दिशामा लागेको आरोप लगाएका छन् ।

निर्वाचनमा भाग लिएर संविधान स्वीकारीसकेको भ्रममा नपर्न उनले आग्रह गरे । संविधान संशोधन नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने उनले बताए । संघीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेशस्तरका शासन प्रशासनलाई प्रदेशस्तरमा ल्याउनु पर्ने यादवले बताए । मुलुक संघीय गणतन्त्रमा गए पनि केन्द्रिकृत मानसिकताले संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भएको उनले आरोप लगाए । संविधान निर्माणका क्रममा ठूला तीन दलले संघीयतालाई कमजोर पार्ने मानसिकताले संघीय सरकार शिक्षा र स्वास्थ्यलाई स्थानीय तहमा राखेर दयनीय बनाउने षड्यन्त्र गरेको उनको आरोप थियो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई कमजोर बनाई, स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयता असफल बनाउने षड्यन्त्र भएको बताएका छन् । आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सुशासन रहेको मुख्यमन्त्री राउतले बताए ।

कार्यक्रममा मधेशी स्वाथ्यकर्मी फोरमका केन्द्रिय अध्यक्ष बालकिशोर यादबले स्थानीय तहका कतिपय स्वाथ्यकर्मीले आठ महिना देखि तलब भत्ता नखाएको र सञ्चय कोष पनि जम्मा नभएको जनाउदैँ स्थानीय तहमा राख्दा सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गदैँ प्रदेश न २ मा राष्ट्रियस्तरको स्वास्थ्य विज्ञान अध्ययन केन्द्र स्थापना गर्न माग गरे ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्