Logo
६ बैशाख २०८२, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असिनापानीका कारण रु २५ लाख बराबरको क्षति

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुराएको हो ।

नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए ।

चारवटै बालीमा झण्डै रु सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ उनले भने, असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् ।

शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताउए । पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उहाँले भन्नुभयो, “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।

यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पुराएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्