Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल दुर्घटना हुदाँ दुईको मृत्यु , दुई गम्भीर घाइते

पर्सा : पर्साको पोखिरया नगरपालिकामा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका छन् ।

पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्कर उक्त दुर्घटना भएको हो । पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छ्रन् ।

घटनामा घाइते भएकालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिक शिक्षण अस्पतालमा लगिएको छ । मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्