Logo
१५ बैशाख २०८१, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा विवाद : पौडेल समूहको विरोधपछि पदाधिकारी मनोनयनमा अन्यौल

काठमाण्डौ : आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ ।

सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए । तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै पौडेल पक्षले असहमति जनाउँदै आएको छ ।

कांग्रेसमा महाधिवेशन भएको २६ महिना पुगिसके पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । कांग्रेस विधानमा भने महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने व्यवस्था छ ।

विधानअनुसार सभापतिले पदाधिकारीमा उपसभापति र महामन्त्री एक-एक जना तथा सहमहामन्त्री दुई जना मनोनित गर्न पाउँछन् ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्