आप्रवासी विवादबीच गृहमन्त्री रडले दिए राजीनामा
ब्रिटेन : क्यारिबिएन क्षेत्रका आप्रवासीहरूलाई ब्रिटेन सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढिरहेको बेला ब्रिटेनकी गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। रडले ब्रिटेनबाट बाहिर निकाल्नुपर्ने क्यारिबिएन क्षेत्रका आप्रवासीको सीमाबारे आफूले भुलवश सांसदहरूलाई सहि जानकारी नदिएकोू बताएकी छिन्। उनको राजीनामाले टेरिजा मे सरकारलाई धक्का पुग्न भएको छ।
गृहमन्त्री रडले के कति संख्यामा क्यारिबिएन क्षेत्रका आप्रवासीहरूलाई ब्रिटेनबाट बाहिर निकाल्ने भन्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन्। तर चुहिएका दस्तावेजहरू अनुसार ब्रिटेनबाट फिर्ता पठाउनुपर्ने आप्रवासीहरूको सीमा उनी आफैँले निर्धारण गरेकी थिइन्। गृह मन्त्रालयका अधिकारीहरूले ब्रिटेनमा दशकौँदेखि बसोबास गर्दै आएका क्यारिबिएन क्षेत्रका थुप्रै आप्रवासीहरूलाई ब्रिटेनबाट बाहिर निकाल्ने चेतावनी दिदै आएका थिए। तीनलाई ब्रिटेनबाट बाहिर निकाल्ने विषयमा मन्त्री रडले कुनै निर्णय लिन सकेकी थिइनन्।
पूर्वऊर्जामन्त्री रहेकी एम्बर रडले आफ्नो २१ महिने कार्यकालमा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना भएको थियो। एम्बर रड प्रधानमन्त्री मेको उत्तराधिकारी हुन सक्ने आकलन गरिएको थियो। अहिले उनको राजीनामाले प्रधानमन्त्री मेलाई मन्त्रिपरिषद्मा आफ्नो पक्षमा राजनीतिक सन्तुलन कायम गर्न कठिन हुन सक्ने ठानिएको छ।