Logo
६ जेष्ठ २०८१, आईतबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीव्र गतिका कारण माइक्रोबस अनियन्त्रित , दुईको मृत्यु

इटहरी : झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् । तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा सवार झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँकी ५२ वर्षीया श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्