Logo
११ कार्तिक २०८१, आईतबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबारसम्म देशका पूर्वी तथा मध्य भागमा मौसम सफा नहुने

काठमाण्डौँ : देशका पूर्वी र मध्य भागमा शुक्रबार साँझदेखि सुरु भएको पानी पर्ने क्रम बुधबारसम्म जारी नै रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातार झरी नपरे पनि पूर्वी र मध्य भागमा बुधबारसम्म छिनछिनमा मौसम बदली भइरहने छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी भागमा भने मौसम खुल्दै आइरहेको छ । मेचीदेखि महाकालीसम्म बनेको न्यूनचापीय प्रणालीका कारण तराई र पहाडी भेगमा मौसम बदली भएको उनले बताए।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्