Logo
११ कार्तिक २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रक र बस ठोक्किदा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली: भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।उक्त राज्यको राजधानी भोपालदेखि ३५० किलोमिटर टाढा पर्ने मन्दसुरमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

तिव्र गतिमा आएको ट्रकले आइतबार बिहान ४० जना यात्रु बोकेको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।सो घटनामा सातको मृत्यु भएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्