Logo
३ आश्विन २०८२, शुक्रबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली हानाहानमा परी नौजना प्रहरी मारिए

काबुल: अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् ।

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् । त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला र दुई बालबालिका पनि मारिएका प्राप्त अर्को समाचारमा जनाएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले सिन्ह्वासँग आइतबार भन्नुभयो, आइतबार बिहान ६ः३० मा सुर्ख रोडमा दुखद घटना भएको छ । उक्त घटनामा परी अर्का एकजना महिला र बालका घाइते भएका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्