Logo
११ कार्तिक २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्रोत नहुँदा चार हजार बासिन्दा खोलाको पानी पिउन बाध्य

झापा : झापा मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजारभन्दा बढी घरपरीवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएको नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिए ।

पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उनको गुनासो रहेको छ । नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्