Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवन परिवर्तनका लागि सही र सकारात्मक सोच जगाउन अभियान संचालन

सर्लाही : स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु, विभिन्न संघसंस्थामा काम गर्ने कर्मचारीहरुमा सकारात्मक सोचको विकास गर्ने उदेश्यले ग्रामीण स्वयम सेवक समाजले सही र सकारात्मक सोच जगाउन अभियान थालेको छ ।

जीवन परिवर्तनका लागि सही र सकारात्मक सोच हुनु आवश्यक भएको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई रहेको छ ।
हरिवनमा रहेको उक्त संस्थाले जीवन परिवर्तनका लागि सकारात्मक चिन्तन सम्बन्धी कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । सो अवसरमा प्रशिक्षक सुदन ज्ञवालीले जीवन परिवर्तनका लागि सकरात्मक सोच विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हरिवन नगरपालिका मेयर गणेश प्रसाई सहितका जनप्रतिनिधिहरु, ग्रामीण स्वयमसेवक समाज हरिवनका कार्यसमिति, व्यवस्थापन समितीका पदाधीकारी, कर्मचारी, त्यस्तै छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुगढी गाउपालिकाका जनप्रतिनिधीहरु सहित ७७ जना सहभागि रहेका छन् । सही र सकारात्मक सोच जगाउन कार्याशालाको आयोजना गरिएको ग्रामीण स्वयमसेवक समाजका कार्यकारी प्रमुख दिलिप पोेख्रेलले बताए ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्