Logo
११ कार्तिक २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आउँदो ‘मे’ महिनाबाट पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने : उत्तर कोरिया

उत्तर कोरियाले आफ्नो पारमाणविक परीक्षण केन्द्र आउँदो मे महिनामा बन्द गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । एकजना प्रवक्ताले सार्वजनिक कार्यक्रमका माझ परीक्षण केन्द्र बन्द गरिने र हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञहरूलाई निम्त्याइने बताए ।

यसअघि शुक्रवार उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए । केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो । दुई कोरियाली नेताहरूबीचको शिखर वार्तापछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मूनसँग कुराकानी गरेका छन् ।

उनले किमसँगको आफ्नो भेटवार्ताको समय र स्थानबारे तय भइरहेको बताए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प र किमबीच सिंगापुर वा मंगोलियामा भेटवार्ता हुने सम्भावना छ । यद्यपि त्यसको पुष्टि भइनसकेको उनीहरूले भनाई छ । यसअघि शनिवार ट्रम्पले किमसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको बताएका थिए ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्