Logo
६ जेष्ठ २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नीको हत्यागरि बोरामा पोको पारेर फाल्ने पति धिरापुरबाट पक्राउ

महोत्तरी : आफ्नै पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दासलाई पक्राउ गरेको मोत्तरीका एसपी कुवेर कडायतले बताएका छन् ।

चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते भेटिएको थियो । मटिहानी नगरपालिका–४ स्थित सडक किनारको खाल्टोमा उनको शव भेटिएको थियो । निर्मम तरिकाले कुटपिट गरी हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पुनमको हत्यापछि शिवशंकर फरार रहँदै आएका थिए । प्रहरीले महोत्तरीको धिरापुरमा लुकेर बसको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्