Logo
११ कार्तिक २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायीको सिन्डिकेट समाप्त पारेरै छाड्ने गृहमन्त्रीको दावी

बुटवल : गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताएका छन् । प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवार र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने बताए ।

देशमा शान्तिसुरक्षा र अपराध नियन्त्रयण गर्न सरकार सातै प्रदेशमा प्रदेशस्तरीय कार्ययोजना बनाएर अघि बढ्न थालेको उल्लेख गर्दै गृहमन्त्री थापाले मुलुक संघीयतामा गइसकेकाले सुरक्षा निकायमा देखिएको अन्योल चाँडै अन्त्य हुने दावी गरे ।

तोकेको स्थानमा नगए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजीनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै सक्दैनन् भन्दै यही वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिइएको जानकारी दिए । रासस

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्